रुकुम पूर्व : चक्कु देखाएर महिलामाथि लुटपाट

 भदौ १४, २०८० बिहिबार १८:३३:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१४ मा एक महिलामाथि लुटपाट भएको छ ।

हिजो बुधवार राति कोल गाउँकी ३६ वर्षीया हिरादेवी घर्तीमाथि लुटपाट भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । गाउँमा सञ्चार सुविधा नभएको र आज बिहीवार घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका निकायलाई जानकारी गराएको समेत उहाँले बताउनुभयो ।

घरमा एक्लै सुतिरहेको अवस्थामा चक्कु देखाउँदै घरभित्र पसेका दुई जनाले घर्तीको कानमा लगाएको सुनको कानबाली लुटेर लगेका छन् । आफूमाथि आक्रमण हुने डरले चिच्याएपछि लुटेराहरू भागेका पीडित घर्तीेले बताउनुभयाे । आफ्नो दुवै कान च्यातेर दुई तोलाको कानबाली लुटेको उहाँकाे भनाइ छ ।

यस घटनाको विषयमा पीडित घर्तीका श्रीमान् विक्रमले अस्थायी प्रहरी पोस्ट कोलमा निवेदन दिनुभएको छ । उहाँले घरमा एक्लै भएको मौका पारेर आएका लुटेराहरू चाँडाे भन्दा चाँडाे पत्ता लगाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया