नासाले पठाएका चार जना अन्तरिक्ष यात्री ६ महिनापछि पृथ्वीमा फर्किए

 भदौ १८, २०८० सोमबार १४:३८:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) को स्पेसएक्स क्रू–सिक्स का अन्तरिक्ष यात्रीहरु ६ महिनापछि पृथ्वीमा फर्किएका छन् 

चार सदस्यीय टोली आज बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेका नासाले जनाएको छ ।

टोलीमा नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेद्याएभ रहेका छन् ।

उनीहरु छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए ।

नासाका अनुसार मिसनको क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न र पृथ्वीमा जीवनलाई फाइदा पुर्‍याउन सयौँ प्रयोग र प्रविधि प्रदर्शनहरूमा योगदान पुर्‍याएका छन् । 

अन्तिम अपडेट: असोज ६, २०८०

तपाईको प्रतिक्रिया