सामाजिक सुरक्षा कोषमा सूचिकृत श्रमिकले जुनसुकै आकार वा प्रकारको टिभी ल्याउँदा पनि भन्सार नलाग्ने

 असोज १८, २०८० बिहिबार १४:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ दशैँ तिहार मान्न विदेशबाट घर फर्कने योजनामा हुनुहुन्छ र साथमा टेलिभिजन ल्याउने सोचिरहनुभएको छ ?

यदि छ भने याद गर्नुहोस् सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा लगातार १२ महिना काम गरेर फर्किने नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको भएमा जुनसुकै आकार वा प्रकारको टेलिभिजनमा पनि भन्सार छुटको व्यवस्था गरेको छ ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकले वैदेशिक रोजगारीबाट फर्कँदा जुनसुकै प्रकारको र जत्रो सुकै आकारको टेलिभिजन पनि साथमा ल्याउन पाउँछन् । विमानस्थलमा भन्सार शुल्क तिर्न पर्दैन । 

यस्तै श्रम स्वीकृति लिएर गएका श्रमिक विदेशमा लगातार १२ महिनासम्म काम गरेर फर्कँदा सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको भए पनि ३२ इन्चसम्मको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्न पर्दैन ।

३२ इन्चसम्मको टेलिभिजन भन्सार छुट सुविधामा ल्याउन पाइन्छ । तर १२ महिनाभन्दा कम समय काम गरेर फर्कँदा वा अध्ययन तथा भ्रमणबाट फर्कँदा भने जुनसुकै आकार/प्रकारको टेलिभिजन साथमा ल्याए पनि नियम अनुसार भन्सार शुल्क तिर्न पर्छ ।

वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई मोबाइलमा पनि छुट्

सरकारले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई विदेशबाट ल्याउन पाउने मोबाइलमा पनि अरू यात्रुको तुलनामा छुट दिएको छ ।

नेपाल सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा ६ महिना भन्दा बढी काम गरी फर्किएका नेपाली श्रमिकले आफ्नो साथमा चलाइरहेको बाहेक एक थान मोबाइल पनि भन्सार नतिरी ल्याउन पाइने व्यवस्था छ ।

तर यस्तो मोबाइलका लागि  भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्छ । थप जानकारी भन्सार विभागको वेबसाइटमार्फत थाहा पाउन सकिन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया