एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी

 असोज १९, २०८० शुक्रबार ६:३९:१३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । हिजो भएको मतदानमा शर्माका प्रतिस्पर्धी मायानाथ अधिकारी एक सय ६६ मतले पराजित हुनुभयो । शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।

उपाध्यक्षमा मिनप्रसाद गुरुङ ५ सय ३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी बाबुराम विक एक सय ७२ मतले पराजित हुनुभएको छ । बाबुराम विकले ३ सय ६२ मत प्राप्त गर्नुभयो ।

सचिवमा शर्मा प्यानलकै धनञ्जय दवाडी निर्वाचित हुनुभएको छ । उहाँले ५ सय २० मत र प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत प्राप्त गर्नुभयो ।

उपसचिवमा दामबहादुर विक ४ सय ९९ मतकासाथ विजयी हुनुभयो । विकका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत ल्याउनुभयो । त्यस्तै, उपसचिव महिलामा मञ्जु अधिकारी ५ सय ३१ मतकासाथ निर्वाचित हुनुभएको छ । मिना गुरुङले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।

एक सय ६२ पदमध्ये केहीमा निर्विरोध भए पनि धेरैजसो पदका लागि मतदान भएको थियो । गण्डकीमा ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा ८ सय ९६ जनाले मतदान गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया