अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा
बैशाख २१, २०८१ शुक्रबार
कालीकोट– महावै गाउँपालिकाले यसै वर्ष गाउँपालिका भित्रका सबै घरधुरीको बीमा गर्ने भएको छ । गाउँपालिका भित्र रहेकाे १ हजार ६ सय घरधुरीको बीमा गरिने भएकाे गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । बाढी पहिरो, आगलागी तथा अन्य विपद्बाट हुने जोखिम कम गर्न गाउँपालिकाले सबै घरधुरीको बीमा गर्ने कार्यक्रम अघि सारेको अध्यक्ष सिंहले बताउनु भयो ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशी र गाउँपालिका अध्यक्ष सिंहले गाउँपालिकाका सबै घरधुरीको बीमा गर्न सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकाे हाे । बीमाका लागि घरको मूल्याङ्कनका आधारमा बीमा रकम निर्धारण गरिने भएको छ । वार्षिक रुपमा गाउँपालिकाले बीमा कम्पनीलाई तिर्नुपर्ने न्यूनतम बीमा शुल्क ५ सय ८७ रुपैया ६० पैसा भन्दा बढी बीमा शुल्क आएमा बाँकी बीमा शुल्क सम्बन्धित घरधनीले तिर्ने व्यवस्था गरिएको छ ।
महावै – ३ नकु गाउँमा २०७७ साल साउनमा पहिरोले घर पुरिँदा एकै घरपरिवारका ६ जनाको ज्यान गएको थियो । कालीकोटमा सबै घरधुरीको बीमा गर्ने महावै पहिलो गाउँपालिका हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।