रैथाने खाना प्रवर्धन गर्न विदेशी पहुनालाई दशैँ परिकार खुवाइने

 असोज २५, २०८० बिहिबार २०:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरू होटल रेस्टुरेन्टको मेनुमै राखी होटल सङ्घ नेपालले रैथाने खाना प्रवर्धन गर्ने भएको छ ।

दशैँको बिदामा कतिपय रेस्टुरेन्टहरू समेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकोले होटलहरूले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने होटल सङ्घ नेपालका सदस्य होटलहरूले जनाएका छन् । याे कार्यक्रम असोज २८ घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिनसम्म आयोजना हुनेछ ।

पर्यटकहरूले यात्राका क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुचि राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपाली मौलिक खानाको स्वाद चखाई नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य छ ।

होटल सङ्घ नेपालको यस किसिमको विशेष कार्यक्रममा देशैभरिका सदस्य होटलहरू स्थानीय रैथाने पकवान पस्कने छन् । झापाकाे होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल र काठमाण्डाैका एअरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दशैँको चाडपर्वमा घरमा पाक्ने स्थानीय रैथाने पकवान ग्राहकहरूमाझ पस्कने छन् । यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरू पनि सहभागी हुने होटल सङ्घ नेपालले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया