ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

 असोज ३०, २०८० मंगलबार १६:३७:५७ | रासस
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आई दिल्ली जान लागेको अवस्थामा छाेदेनलाई १६ हजार ४ सय ३० अमेरिकी डलर, ५४ हजार ४ सय ५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलामा रहेकाे धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक ठकुरीले बताउनुभयो । छोदेनबाट प्रहरीले बरामद गरेको रकम ३१ लाख ५० हजार रुपैयाँ बराबर रहेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया