२४ घण्टामा १ लाख जनाले उपत्यका छाडे

 कात्तिक ३, २०८० शुक्रबार १३:४८:९ | रासस
unn.prixa.net

काठमाण्डाै – दशैँकाे मुख्य दिन नजिकिएसँगै काठमाण्डाै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख जनाले उपत्यका छाडेका छन् ।

आज शुक्रवार बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक गाडीमार्फत पछिल्लो २४ घण्टामा एक लाख जना बाहिरिएका काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म चार लाख ६६ हजार जना दशैँ मनाउन काठमाण्डाै उपत्यका छाडेर गएका उहाँले बताउनुभयो ।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने मानिसको सङ्ख्या बढ्न शुरु भएकाेमा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् । निजी गाडीमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै जनाले उपत्यका छाडेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया