काठमाण्डौ महानगरले सञ्चालन गरेको चाडपर्वलक्षित सरसफाइ कार्यक्रममा दैनिक दुई टिपर फोहर सङ्कलन

 कात्तिक ४, २०८० शनिबार ८:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पर्वलक्षित विशेष सरसफाइका क्रममा दैनिक २ ट्रिपर थप फोहर सङ्कलन गरिरहेको छ ।

पर्वलक्षित अभियान अन्तर्गत नियमित सफाइसँगै शक्तिपीठ, सडक, सम्पदा क्षेत्र, चोक, गल्ली, टोलको सरसफाइ गर्ने गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।

विभाग र महानगर प्रहरी बलबाट खटिने जनशक्तिसँगै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका जनशक्तिलाई विशेष सरसफाइ, स्वच्छता र सुन्दरता अभिवृद्धि गर्ने काममा लगाएको उहाँले बताउनुभयो । विशेष सफाइ आज बन्द रहनेछ ।

भोलि र पर्सि बिहान ४ बजेदेखि ७ बजेसम्म अभियान चल्ने साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो । दशमी र एकादशी गरी २ दिन बन्द हुने अभियान द्वादशीका दिनदेखि नियमित हुने उहाँले बताउनुभयो । काठमाण्डौ महानगरपालिकाले दशैँलगायत पर्वका बेला फोहरलाई व्यवस्थापनको लागि सहयोग गर्न सबैसँग अनुरोध गरेको छ ।

पर्वका समयमा घरघरमा खानेकुरा धेरै पकाइने भएकाले  मुख्य दिनहरुमा घरेलु फोहर धेरै उत्पादन हुन्छ । यस्ता फोहरलाई सकेसम्म व्यवस्थापन गर्न र फाल्नुपर्ने फोहर सङ्कलक आएपछि मात्र बाहिर निकाल्न महानगरको भनाइ छ ।   

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया