दैलेखमा मासु अड्किएर ज्यान गुमाएका दलबहादुरको परिवारलाई दश हजार रुपैयाँ सहयोग

 कात्तिक ७, २०८० मंगलबार ११:३४:१५ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखमा मासु अड्किएर ज्यान गुमाएका नौमुले गाउँपालिका–६ माथिल्लो नाउलीका ३९ वर्षीय दलबहादुर विकको परिवारलाई छिमेकी अमेरिकाको क्यालिफोर्नियामा रहेका मनेन्द्रचन्द ठकुरीले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

अस्ति आइतवार पोलेर खाँदै गरेको मासु घाँटीमा अड्किएर दलबहादुरको ज्यान गएको थियो । उहाँका चार छोरा र दुई छोरी छन् । आर्थिक अवस्था कमजोर हुँदा काजक्रियामा समेत समस्या रहेको मृतकका छिमेकले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया