दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किँदै

 कात्तिक ९, २०८० बिहिबार ६:५८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।

आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेकाछन् । यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् । विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो ।

यसैबीच, नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दूरीका सार्वजनिक गाडी दुर्घटना यसपालिको दशैँमा अहिलेसम्म कम भएको जानकारी दिनुभयो ।

दशैँको अष्टमीका दिन पाल्पामा जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको ज्यान गएको थियो । यस्तै, हिजो धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बस, मोटरसाइकल र कार ठोक्किँदा १६ जना घाइते भएका छन् ।

बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल उच्छिट्टिएर कारमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया