दशैँमा ललितपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

 कात्तिक १०, २०८० शुक्रबार ११:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरका किसानलाई दशैँको बेलामा पनि धान भित्र्याउने चटारो छ । ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन् ।

यस वर्ष पानी धेरै परेकाले गएकाे वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनि उत्पादनमा कमी आएको उनीहरूकाे गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनि झेल्दै आएका छन् । खोकनाका किसान गणेश महर्जनले धान पाकिसकेकाले दशैँको बेलामा पनि धान काट्न व्यस्त रहेको बताउनुभयो ।

खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायतका क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो छ ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया