सुनसान सिंहदरबार (तस्बिरहरू)

 कात्तिक १०, २०८० शुक्रबार १२:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ मनाउन मन्त्री, नेता र कर्मचारी गृहजिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ ।

दशैँको बिदा सकिएर आज शुक्रवारदेखि सरकारी कार्यालय खुले पनि सिंहदरबारमा चहलपहल भने त्यति देखिँदैन । सिंहदरबारमा मानिसकाे आवतजावत निकै कम देखिएको छ । अहिले मन्त्रालयमा सीमित कर्मचारीलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । दैनिक हजारौँको सङ्ख्यामा मानिस सिंहदरबार प्रवेश गर्ने भए पनि अहिले निकै कम सङ्ख्यामा मात्र देख्न सकिन्छ ।

दशैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनसान बनेको हाे । भाेलि शनिवार पूर्णिमाका दिनदेखि मात्रै दशैँको टीका विधिवत् रूपमा सकिन्छ । पर्सि आइतवारदेखि भने नियमित काममा फर्किने कर्मचारी बढ्ने अनुमान गर्न सकिन्छ ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया