गुल्मी : जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ

 कात्तिक १३, २०८० सोमबार १४:१४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – गुल्मीमा जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ परेका छन् । गएको बिहीवार मालिका गाउँपालिका–४ अर्खबाङ्गमा जाँड–रक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउँदा उनीहरूले प्रहरीलाई नै अभद्र व्यवहार गरेका गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका–२ का केशव खड्का, मालिका ३–का सन्तबहादुर थापा, अनिल थापा, विशाल थापा, विकल्प थापा, नरेन्द्र थापा, भरत थापा, नारायण पाण्डेय, विपिन थापा, गुञ्जबहादुर थापा, मालिका–८ का साहिल जिसी र रुपन्देहीकाे तिलोत्तमा नगरपालिका–११ का अनिल ठकुरी रहेका छन् ।

पक्राउ परेकाहरूलाई शान्ति सुरक्षा खलबलाएकाे कसुरमा सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया