सरकारकाे सक्रियताले दशैँमा ठूलाे दुर्घटना भएन : मन्त्री ज्वाला

 कात्तिक १३, २०८० सोमबार १६:८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दशैँमा ठूला सडक दुर्घटना नभएको दाबी गर्नुभएको छ ।

आज सोमवार प्रतिनिधिसभा अन्तर्गतकाे पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले ठूलो दुर्घटना नहुने गरी दशैँमा गाउँघर जानेलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताउनुभयो । उहाँले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न पालिका, प्रदेश सरकारको महत्त्वपूर्ण भूमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताउनुभयाे । यातायात व्यवस्था सहज बनाउन सञ्चारमाध्यमले पनि सहज बनाएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो वर्षको दशैँमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र पालिका सरकारको सहयोगमा सहज भयो । यातायात व्यवस्था सहज बनाउन मिडियाहरूले पनि सहज बनायो । सबैतिरको सचेतता र सक्रियताले गर्दा यस पटककाे दशैँमा यात्रुलाई सहजै गाउँघर पुग्ने र काठमाण्डाै फर्कने वातावरण बनायौँ । सरकारको ध्यान चाडपर्वमा यात्रुले सास्ती भोग्न नपरोस् भन्ने थियो । केही समस्या भयो होला तर ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन दिएन । यो वर्ष सडक अवरुद्ध हुने अवस्था बनेन । ठूलाे दुर्घटना पनि भएन । यसमा सरकारलाई सन्तुष्टि छ ।’

मन्त्री ज्वालाले सडक पूर्वाधारका धेरै गुनासा रहेकाे भन्दै ती सडक खण्डमा तत्काल अनुगमन गरी वैकल्पिक सडकबाट यातायात सहजरूपमा सञ्चालन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयाे । मन्त्री ज्वालाले चक्रपथ सडक निर्माणमा भएकाे ढिलाइकाे विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेको बताउनुभयो । याे सडक निर्माण गर्न एक वर्ष लाग्ने समाचारहरू आए पनि यति लामो समय नलाग्ने उहाँले दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया