ओमानसँगको खेलमा टिकट बिक्री बापतको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

 कात्तिक १८, २०८० शनिबार १४:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल क्रिकेट संघ क्यानले भोलि नेपाल र ओमानबीच हुने क्रिकेट प्रतियोगितामा टिकट बापत उठेको रकमको आधा रकम भूकम्प प्रभावितलाई दिने जनाएको छ ।

क्यानले आज विज्ञप्ति निकालेर भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, विश्वकप छनोटको फाइनलमा भोलि ओमानसँग हुने खेलको टिकट बिक्री बापत हुने रकमको ५० प्रतिशत पीडितलाई सहयोग गर्ने घोषणा गरेको हो । भोलि हुने खेलको लागि टिकटको मूल्य साधारणतर्फ ३ सय ५० रुपैयाँ र भीभीआईपीतर्फ १० हजार रुपैयाँ तोकिएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया