नौमूलेका भूकम्प पीडितलाई राहत वितरण

 कात्तिक २९, २०८० बुधबार १२:१४:११ | अमर सुनार
unn.prixa.net

दैलेख – कात्तिक १७ गते राति गएको भूकम्पमा घर भत्किएका र चर्किएका नौमूले गाउँपालिकाका ८० घरलाई डीसीएको सहयोगमा सोसेक नेपालले राहत सामग्री वितरण गरेको छ । बढी क्षति भएका ८० घरलाई त्रिपाल र पीफम वितरण गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जानकारी दिनुभयो ।

भूकम्पले नौमूले गाउँपालिका करिब ७ सय भन्दा बढी घरहरु भत्किएका र चर्किएकामध्ये बढी क्षति भएका स्थानीयहरुलाई नौमूले गाउँपालिकाका अनुरोधमा भूकम्पमा राहत सामग्री दिइएको र संस्थाको स्रोत अनुसार थप सहयोग पनि गर्ने कार्यकारी निर्देशक थापाले बताउनुभयो ।

त्रिपाल लिन आउनुभएका नौमूले गाउँपालिका–४ कालिकाका हर्के बस्नेतले भन्नुभयो, ‘भूकम्पका पराकम्पनले तर्साइरहेको छ ।’  त्यस्तै नौमूले गाउँपालिका–३ द्वारीकी नरी फौजाली मगरले भन्नुभयो, ‘अहिले त्रिपाल पायौँ अस्थायी बास चल्ला तर सधैँलाई यसैले हुन्न घर बनाउन पनि सरकारले हेर्नुपर्छ’ । भूकम्पको केन्द्र बिन्दू जाजरकोटको रामीडाँडाबाट नजिक परेको कारण दैलेखका अरु पालिकाहरुको तुलनामा नौमूलेमा बढी क्षति पुगेको छ । इपिसेण्टरको नजिक र ढुङ्गा माटोले बनाएका पुराना १२ वटा घर भत्किएका र सात सय भन्दा बढी चर्किएका नौमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदीले जानकारी दिनुभयो ।

प्रारम्भिक विवरण प्राप्त भए अनुसार प्राविधिकहरु खटाइ लागत र थप विवरण ल्याउने त्यसका आधारमा अस्थायी बासको प्रबन्ध तथा पुनःनिर्माणको योजना तयार गर्ने र सहयोगका लागि सरकारी र गैरसरकारी क्षेत्रसँग पहल गर्ने नौमूले गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको अध्यक्ष सुबेदीले बताउनुभयो ।

भूकम्पको इपिसेण्टरदेखि नजिकको नौमूले गाउँपालिकामा क्षति अलि बढी देखिए पनि सिमाना जोडिएका भगवतीमाई, गुराँस गाउँपालिका अनि सिमाना नजोडिएका नारायण, दुल्लू र चामुण्डाबिन्द्रासैनी नगरपालिका लगायत जिल्लाभर झण्डै तीन हजार घरहरु बस्न नमिल्ने गरी चर्केका विवरण प्राप्त भएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

मानवीय क्षति नभए पनि कात्तिक १७ गते रातिको  भूकम्पले निजी घरहरु, विद्यालय लगायतका सरकारी संरचनाहरुमा धेरै क्षति पुगेकोले पुनःनिर्माणको चरणमा दैलेखमा पनि सहयोग गर्न राजनीतिक दलहरु समेत सहभागी विपद् व्यवस्थापन समितिबाट भएको निर्णय नेपाल सरकार र कर्णाली प्रदेश सरकारलाई अनुरोध गरी पठाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया