भूकम्प प्रभावित क्षेत्रमा पुनःस्थापना सहयोग कार्यक्रम

 मंसिर १, २०८० शुक्रबार ९:४७:३३ | अमर सुनार
unn.prixa.net

दैलेख – भूकम्प प्रभावितहरूलाई आपत्कालीन राहत सहयोग पुर्‍याउन 'यूके एड स्टार्ट फन्ड' काे सहयोगमा स्लामिक रिलिफ र सोसेक नेपालको साझेदारीमा जाजरकोटका चार वटा पालिकामा पुनःस्थापना सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

भूकम्पबाट बढी प्रभावित जाजरकोटका भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका क्षेत्रमा पुनःस्थापना सहयोग कार्यक्रम सञ्चालन गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो ।

पुनःस्थापना सहयोग कार्यक्रम सञ्चालन गरिएका यी चार वटै पालिकामा सोसेक नेपालले यूनिसेफको सहयोगमा खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । खानेपानी योजनाको मर्मत र पालमा बसिरहेका भूकम्प प्रभावितहरूका लागि अस्थायी शौचालय निर्माण गरिरहेको साेसेक नेपालले जनाएको छ ।

परियोजनाले जाजरकोटका भेरी, नलगाड, बारेकोट र रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा पालिकाले तयार पारेको तथ्याङ्कका आधारमा अतिप्रभावित पाँच सय परिवारलाई खाद्य सामग्री, पाँच सय परिवारलाई लत्ता कपडा वितरणसँगै दुई सय ७९ वटा अस्थायी शौचालय निर्माण सहयोग गरिसकेको छ ।

यस्तै सोसेक नेपालले भूकम्प प्रभावित बालबालिकाहरूलाई मनोसामाजिक सहयोगका लागि भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारी नगरपालिका दुई, आठबीसकोट नगरपालिकामा चार र सानीभेरी गाउँपालिकामा तीन गरी नौ वटा बालमैत्री स्नेही कक्ष निर्माण गरेको छ । यी कक्ष साेसेक नेपालले युनिसेफसँगकाे साझेदारीमा सञ्चालन गरेकाे 'गर्ल्स म्याटर' परियोजनाका कार्यक्रम अधिकृत अर्जुन शाहीले जानकारी दिनुभयो ।

दैलेखमा केन्द्रीय कार्यालय रहेको सोसेक नेपालले १३ वटा विभिन्न साझेदारहरूसँग खानेपानी तथा सरसफाइ आयोजना लगायतका संरचना निर्माण, शिक्षा, स्वास्थ्य सेवा, बाल विवाह रोकथाम सवालसँग बाल अधिकार प्रवर्द्धन, सामाजिक सचेतनादेखि लैङ्गिक तथा जातीय विभेद, छाउपडी प्रथा लगायतको विकृतिविरुद्ध परियोजना गतिविधि गरिरहेको छ ।

सामाजिक सचेतना र भौतिक संरचना निर्माणमा समेत अनुभवी सोसेक नेपालले दैलेख, सुर्खेत, कालीकोट, अछाम, जुम्लामा काम गरिरहेको छ । साेसेक नेपालले २६ वर्षदेखि काम गर्दै आएको छ ।

कामको अनुभव, सुशासन र पारदर्शिताको अभ्यासमा संस्थाप्रतिको विश्वासका कारण भूकम्प प्रभावित क्षेत्रमा जान साझेदारहरूको चासो र पालिकाहरूले अनुराेध गरेकाले भूकम्प प्रभावितहरूका लागि अहिले चार वटा परियोजना थालिएको सोसेक नेपालकी अध्यक्ष मञ्जू खड्काले बताउनुभयो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्प प्रभावितहरूलाई शुरुमै सहयोग गर्न आउने संस्थाहरूमा सोसेक नेपाल पनि रहेको उल्लेख गर्दै जिल्ला विपद् व्यवस्थापान समितिलाई बोधार्थ जनाएर पालिकाहरूसँग मिलेर काम भइरहेकाे बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया