भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय
असोज १७, २०८१ बिहिबार
गुल्मी – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश बिग्रियो भनेर अहिले नै निराश नबन्न आग्रह गर्नु भएको छ । उहाँले नेतृत्व बदल्ने सम्हाल्ने काम युवाहरुको काँधमा आएको भन्दै अहिलेको काम गरिबी र बेरोजगारी चिर्दै र हटाउँदै सबैलाई सम्हालेर अघि बढ्ने बताउनु भयो । महामन्त्री थापाले नागरिकहरुले व्यवस्था बदल्न नचाहेको तर नेतृत्वको अनुहार र आचरण बदल्न चाहेको बताउनु भयो।
शनिवार गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आउँदो महाधिवेशनबाट आफूहरुले पार्टी सञ्चालनको तरिका बदल्न चाहेको बताउनु भयो । उहाँले अबको निर्वाचनमा कांग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनु भयो । चुनाव हारे पनि फरक नपर्ने भन्दै नेता थापाले चुनाव हारिन्छ भनेर गठबन्धन गर्नु जस्तो राजनीतिक भ्रष्टाचार अब कांग्रेसले नगर्ने स्पष्ट पार्नु भयो ।
आर्थिक, नैतिक र राजनीतिक भ्रस्टाचार सबैभन्दा ठूलो अपराध भएको भन्दै उहाँले त्यस्तो अपराध गर्ने छुट कसैलाई पनि नभएको बताउनु भयो । गणतन्त्रमा गणतन्त्रका लागि प्रश्न गर्न पाइन्छ तर प्रश्न गर्याे भन्दैमा कसैको मुख थुन्न नपाइने भन्दै सरकारले बोल्न पाउने हकको सुरक्षा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
नेपालका राजाहरुको बदनियतका कारण राज संस्था गएको भन्दै नेता थापाले मूर्ति बेच्नेहरुले धर्मको रक्षा गर्न नसक्ने बताउनु भयो । उहाँले जुवाको च्याँखे खालमा गएर दाउ नहान्न राजालाई आग्रह गर्नुभयो । थापाले जुवा खेल्ने भए सिधै खालमा आएर कांग्रेससँग भिड्न राजालाई चुनौती दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, नैनसिं महर, चन्द्र बहादुर केसी, प्रदेश सभापति अमरसिङ पुन, उप सभापति भुवन प्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले वर्तमान राजनीति र आगामी दिनमा पार्टी नेतृत्वले खेल्नु पर्ने भूमिका लगायतका विषयमा आआफ्ना धारणाहरु व्यक्त गर्नु भएको थियो । दुइ दिनसम्म चल्ने दोस्रो जिल्ला सम्मेलनले कांग्रेसको गुल्मी घोषणापत्रसँगै पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा समेत तय गर्ने पार्टी जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।