विराटनगरको कवाडी गोदाममा आगलागी, दुई जनाको ज्यान गयो

 मंसिर २०, २०८० बुधबार १६:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विराटनगर महानगरपालिका वडा नम्बर ७ मा रहेको एक कवाडी गोदाममा भएको आगलागीमा दुई जनाको ज्यान गएको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको र एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा भेटिएको शव नचिनिने अवस्थामा रहेको छ । उपचारका क्रममा ज्यान गुमाउनेमा विराटनगर–६ का ३० वर्षीय दिपक मण्डल रहेका प्रहरीले जनाएको छ । आगलागीमा घाइते भएका तीन जनाको न्यूरो अस्पतालमा र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । अहिले आगो निभाइएको र आगलागीको कारण थाहा नभएको डीएसपी दाहालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया