विराटनगरमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्याे

 मंसिर २१, २०८० बिहिबार १७:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

माेरङ – मोरङको विराटनगर महानगरपालिका–७ मा रहेको कबाडी पसलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ ।

हिजो बुधवार दिउँसो भएको आगलागीमा घाइते भएकी विराटनगर–६ की ६४ वर्षीय सुनिता कामतको उपचारका क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा आज बिहीवार ज्यान गएको हो । यसअघि हिजो स्थानीय ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवानको ज्यान गएको थियो ।

आगलागीमा घाइते भएका तीन जना विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरमा उपचार भइरहेको छ ।

आगलागीबाट झन्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया