दाङमा कुकुरले टाेकेकाे शङ्का गरिएका २ जना बालबालिकाकाे ज्यान गयाे

 मंसिर २५, २०८० सोमबार १८:३५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनकाे अन्तरमा ज्यान गएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानीय नरेश चौधरीकी ६ वर्षीया छोरी निलमको मङ्सिर २२ गते र गिरिराज वलीका ५ वर्षीय छोरा गम्भीरकाे हिजाे आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिनुभयो । 

उनीहरूको हातखुट्टा तथा अनुहारमा जनावरले टोकेको घाउका खत थिए । ती बालबालिकाले सानो खैरो कुकुरले टोकेको भने पनि कुकुर, जङ्गली ब्वाँसाे या स्याल केले टोकेको पुष्टि हुन सकेको थिएन । उत्तर अमराई नजिकै वन छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया