खरको छानामुक्त अभियान अन्तर्गत लमहीमा २ सय २० घरमा टिनको छाना

 मंसिर २७, २०८० बुधबार १२:५८:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – खरको छानामुक्त अभियान अन्तर्गत लमहीमा २ सय २० घरमा टिनको छाना  लगाइएको छ । 

नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा दाङको लमही नगरपालिकाबाट सञ्चालित खरको छानामुक्त अभियान अन्तर्गत लमही नगरपालिका भित्र दुई सय २० वटा घरमा टिनको छाना लगाइएको हो ।

तीन वर्षको अवधिमा २ सय २० वटा घरमा टिनको छाना लगाउने कार्य सम्पन्न भएको लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेलले जानकारी दिनु भयो ।

‘वडा नम्बर १ देखि ९ सम्म १ हजार घरमा छाना लगाउनु पर्ने छ, जसमध्ये २ सय २० घरमा टिन लगाएर सकिएको छ भने ७ सय ८० घरमा टिन लगाउने कार्य भैरहेको छ,’ शाखा प्रमुख पोख्रेलले भन्नुभयो ‘टिन लगाउन बाँकी रहेका घरमा काम के कति भैरहेको छ भनेर हामीले निरन्तर अनुगमन र छिटो काम सम्पन्न गर्न भनिरहेका छौँ । 

सरकारले विपन्न, असहाय र सीमान्तकृत समुदायहरूको पहिचान गरी उनीहरुको घरमा टिनको छाना लगाएर खरको छानालाई विस्थापित गर्ने लक्ष्य लिएको छ । त्यसै अनुसार नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा लमही नगरपालिका भित्र बसोबास गर्ने  विपन्न, असहाय र सीमान्तकृत समुदायहरूको घरमा खरको छाना हटाएर टिनको छाना लगाउने काम भैरहेको हो । 

गएको तीन वर्षमा नेपाल सघन शहरी तथा भवन निर्माण आयोजनाले प्रतिघरका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । चालु आव २०८०/८१ बाट भने प्रतिघर ७५ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया