ताप्लेजुङ जिल्ला जाँदै हुनुहुन्छ ? यी ठाउँहरुको भ्रमण गर्नुहोस्

 कात्तिक २४, २०७५ शनिबार ९:४०:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङका तीन वटा पर्यटकीय गन्तव्यहरु पर्यटन मन्त्रालयको सूचीमा समाहित भएका छन् ।

पर्यटन मन्त्रालयले सर्वजनिक गरेको देशभरका १ सय वटा गन्तव्यमध्ये ३ वटा ताप्लेजुङका पर्यटकीय गन्तव्य पनि परेका हुन् । पूर्वको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पाथिभरा, मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ को सुन्दर झरना फुङफुङ्गे र ताप्लेजुङ र पाँचथरको सीमानामा रहेको सुन्दर पोखरी, ‘तिम्बुङ पोखरी’लाई पर्यटकीय गन्तव्यस्थलको रुपमा राखिएको छ ।

पाथिभरा र फुङफुङ्गे झरनालाई विकास गरिनु पर्ने गन्तव्यका रुपमा राखिएको छ । तिम्बुङ पोखरीलाई विकास गर्नु पर्ने गन्तव्यका रुपमा राखिएको छ ।  पाथिभारा देवी संरक्षण तथा सम्बद्धन समितिले पाथिभरामा वार्षिक साढे तीनलाख धार्मिक तथा अन्य पर्यटक आउने गरेको जनाएको छ । ताप्लेजुङ सदरमुकामको फुङलिङ नगरपालिकामा रहेको गन्तव्यमा तीर्थ यात्रीहरु धेरै आउने गरेका छन् ।

सबैभन्दा धेरै दसैँको नौरथा लागेदेखि तिहार पछिसम्म अत्यधिक मात्रामा तीर्थयात्रीहरु आउने गरेका छन् । ताप्लेजुङको फुङलिङ बजारदेखि २१.५ किलोमिटमा पाथिभराको चुचुरो पुग्न सकिन्छ । सदरमुकामबाट सुकेटार विमास्थलसम्म ८ किलोमिटर कालोपत्रे गरिएको छ भने सुकेटरदेखि काफ्ले पाटीसम्मको ९ किलोमिटर कच्ची सडक रहेको छ । पाथिभरा चुचुरो पुग्न काफ्ले पाटीदेखि ४.५ किलोमिटर हिँड्नु पर्ने छ ।

पाथिभरामा ५ महिना हिउँ पर्ने भएकाले हिउँ खेल्ल पनि पर्यटकहरु आउने गर्छन् । कञ्चनजंघा, मकालु, कुम्भकर्णलगायतका हिमशृखलाहरुले पाथिभरालाई अझै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरेको छ । ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथिभराले हजारौं मानिसको रोजिरोटी जुटाई दिएको छ । 

ताप्लेजुङको पश्चिमी गाउँ मिक्वाखोला गाउँपालिकाको साँवामा रहेको फुङफुङ्गे झरना बाह्रै महिना उस्तै देखिन्छ । तर त्यहाँसम्म मोटरबाटो भने पुगेको छैन् ।
त्यो झरना भएको मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवामा समेत मोटरबाटो पुगेको छैन् । ठूलो छाँगो फुङफुङ गरेर झर्ने भएकाले पनि झरनाको नाम फुङफुङ्गे रहन गएको किबतन्ती रहेको छ ।

ताप्लेजुङको पूर्वी गाउँपालिका, सिरिजंघा गाउँपालिकामा रहेको तिम्बुङ पोखरी झण्डै ४४ सय मिटर उचाईमा रहेको छ । यस क्षेत्रमा विभिन्न जडिबुटी लगायत, विश्वमा दुर्लभ वन्यजन्तु समेत पाइन्छ । हिमाली क्षेत्र भएकाले फाटिला चौरहरुले सञ्चित तिम्बुङ पोखरी अहिलेसम्मकै उच्च गन्तव्यमा पर्ने बताइन्छ । 

यी गन्तव्यहरुलाई विकसित गरी पर्यटकीय अगमनमा वृद्धि गर्ने हो भने देशलाई नै ठूलो आर्थिक टेवा पुग्ने छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया