जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल

 पुस १७, २०८० मंगलबार १७:२:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापान एअरलाइन्सको यात्रुवाहक विमान टोकियोको हानेदा विमानस्थलमा अर्को जहाजसँग ठोकिएर आगलागी भएको छ ।

होक्काइडोबाट आएको विमान अवतरण गर्ने क्रममा जापानी तटरक्षक विमानसँग ठोकिनेबित्तिकै ठूलो आगलागी भएको थियो । आगलागीकै बीचमा जापान एअरलाइन्सको विमानमा रहेका तीन सय ७९ जना यात्रु र चालक दलका कर्मचारीको उद्धार भएको बीबीसीले जनाएको छ ।

यस्तै जापानी तटरक्षक विमानका एक जनाको उद्धार गरिएको र पाँच जना बेपत्ता रहेका जापानी सञ्चारमाध्यमले जनाएका छन् । एक घण्टासम्म पनि अग्नि नियन्त्रकले आगो निभाउन सकेका छैनन् । अहिले हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया