पोखराका एक व्यक्तिलाई मार्ने धम्की दिएर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जना पक्राउ

 माघ २५, २०८० बिहिबार १५:१:३७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा ज्यान मार्ने धम्की दिएर पाँच करोड रुपैयाँ फिरौती माग्ने दुई जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।

पोखरा महानगरपालिका–१६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिँदै पाँच करोड रुपैयाँ फिरौती मागेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्वतकाे कुश्माका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) माेहन थापाले जानकारी दिनुभयो ।

गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राखेको र तिनै गतिविधि हेरेर मुख्य आरोपी लक्ष्मण दर्जीले योजना बनाएका थिए । उनले गैरेलाई माघ १८ गते हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाउँदै पाँच करोड रुपैयाँ मागेका थिए ।

हिजो फिरौती माग्नेहरू दीप सच्चाई सेवा केन्द्रमै गएका बेला पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई लागुऔषध, हातहतियार तथा खरखजाना र आपराधिक लाभ गरी तीन वटा मुद्दामा अनुसन्धान भइरहेको एसपी थापाले बताउनुभयो । उनीहरूको साथबाट विभिन्न हतियार पनि बरामद भएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया