व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई सुझाव

 माघ २६, २०८० शुक्रबार १८:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – निर्यात व्यवसायीहरूले देशको व्यापार घाटा घटाउन पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।

नेपाल हस्तकला महासङ्घले आयोजना गरेको कार्यक्रममा नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले व्यापार घाटा घटाउनुपर्छ भन्दै आए पनि निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरू भित्रि मनबाट नगरेको आरोप लगाउनुभयो । अब व्यापार घाटा घटाउनका लागि पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले ४२ विधामा १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताउनुभयो । निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरूले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेकाे उहाँकाे भनाइ छ ।

देशभर झन्डै ११ लाख जनाले हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया