धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी स्वीकृत गर्नु नपर्ने

 माघ २८, २०८० आइतबार ९:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधनमार्फत् राष्ट्र बैङ्कले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति नचाहिने व्यवस्था गरेको हो । 

यस्तै नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगको विदेशी लागानीमा पनि राष्ट्र बैङ्कको स्वीकृति नचाहिने राष्ट्र बैंकले जनाएको छ ।

संशोधित विनियमावलीका अनुसार धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा सेयर स्वामित्व परिवर्तन भए पनि राष्ट्र बैङ्कको स्वीकृति आवश्यक पर्दैन । विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृतिपछि विदेशी मुद्रा भित्र्याउनुु वा पठाउनु पहिले लिखित जानकारी दिनुपर्ने राष्ट्र बैंकले संशोधन गरेको नयाँ व्यवस्थामा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया