९ करोड रुपैयाँभन्दा धेरै जरिबानाको फैसलापछि फरार भएका रामभक्त थापा ९ वर्षपछि पक्राउ

 माघ २८, २०८० आइतबार १५:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीको आठ करोड ५० लाख रुपैयाँभन्दा धेरै कर्जा दुरुपयोग मुद्दामा दोषी ठहर भएका काभ्रेको पनौतीका रामभक्त थापा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापालाई आज काठमाण्डौबाट पक्राउ गरेको हो । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर उनले काभ्रे ब्रोइलर सप्लायर्स प्राइभेट फर्मका फर्जी कागजात तयार गरी आठ करोड पचास लाख रुपैयाँ कर्जा लिएका थिए । उनले कर्जाको दुरुपयोग गरेर क्यापिटल मर्चेन्ट तथा फाइनान्सलाई नौ करोड सात लाख रुपैयाँभन्दा धेरै रकम नोक्सानी पुर्‍याएकाे साविकको पुनरावेदन अदालत पाटनले फैसला गरेको थियो ।

२०७१ सालको वैशाख २९ गते अदालतले रामभक्त थापालाई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार तीन वर्ष कैद र बिगो असुल गरी बिगोअनुसार जरिबाना हुने फैसला गरेकाे थियो । सजाय र जरिबानाबाट बच्न फरार भएका थापालाई पक्राउ गरेर फैसला कार्यान्वयन गर्न काठमाण्डाै जिल्ला अदालतमा पेस गरेको सीआईबीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया