चीनमा प्राकृतिक ग्यासको खपत निरन्तर बढ्दै

 माघ २८, २०८० आइतबार १८:३८:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनमा प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गएको वर्ष प्राकृतिक ग्यासको खपत ७ दशमलव ६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो । सन् २०२३ को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् २०२२ को त्यही अवधिको तुलनामा ९ दशमलव ५ प्रतिशतले बढेर ३७ अर्ब ६५ करोड घनमिटर पुगेको छ ।

चीनले सन् २०२३ मा दुई अर्ब २९ अर्ब सात कराेड घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ, यो सन् २०२२ को तुलनामा ५ दशमलव ८ प्रतिशतले बढी हो ।

गएको डिसेम्बर ७ मा चीनमा प्राकृतिक ग्यासको माग सन् २०४० मा झन्डै ६० खर्ब ५ अर्ब घनमिटर पुग्ने सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पाेरेशन (सीएनपीसी) को अर्थशास्त्र र प्रविधि अनुसन्धान संस्थानको तथ्याङ्कले देखाएको छ । प्राकृतिक ग्यासको प्रयोग घटाएर कार्बन उत्सर्जन कम गर्ने प्रयासमा ठूलो धक्काको रुपमा हेरिएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया