प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ गौतमसहित १० जना पक्राउ

 फागुन १५, २०८० मंगलबार १५:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ परेका छन् ।

बैंकिङ कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० जनालाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सीआईबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीका प्रमुख किरण बज्रचार्यले विभिन्न अनियमिततामा संलग्न भएको आरोप लागेको र राष्ट्र बैंकले आग्रह गरेपछि पक्राउ गरिएको जानकारी दिनुभयो ।

सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको उनीहरूमाथि आरोप छ । सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रूपमा कार्यरत छन् । देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई ऋण प्रवाह गर्दा अनियमितता गरेको आरोप लागेको थियो ।

पक्राउ पर्ने अन्यमा सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया