मालवाहक पानीजहाजमा हुथीकाे आक्रमण : ३ जनाको ज्यान गयो, एक नेपालीको अवस्था थाहा हुन सकेन

 फागुन २४, २०८० बिहिबार ९:१:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यमनका हुथी विद्रोहीले नेपाली सुरक्षा गार्डसमेत रहेको एक मालवाहक पानीजहाजमा आक्रमण गर्दा तीन जनाको ज्यान गएको छ । जहाजमा २० जना चालक दलका सदस्य र सशस्त्र गार्ड रहेकामा एक जना नेपाली पनि रहेका बीबीसीको खबरमा उल्लेख छ ।

जहाजमा रहेका नेपाली सशुसल छन्, घाइते छन् वा मारिएका छन् भन्नेबारे खुलेको छैन् । पहिल्लो केही महिनादेखि हुथीले विभिन्न देशमा पानी जहाजमा आक्रमण गर्दै आए पनि ज्यान गएको भने यो पहिलो घटना हो । इजरायलले गाजामा अनाथ मानिसहरूमाथि गरिरहेको आक्रमणको विरोधमा जहाजमा आक्रमण गरिरहेको हुथीले बताएकाे छ । उनीहरूले इजरायल वा उसलाई समर्थन गरेको देशहरूसँग सम्बन्ध भएका पानीजहाजलाई निसाना बनाएर आक्रमण गर्ने गरेका छन् ।

हिजो भएको आक्रमणमा चालक दलका तीन जनाको ज्यान गएको र चार जना घाइते भएका अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हिजो अदनको खाडीमा बार्बाडोसको झण्डासहित सामान बोकेको जहाजमा हुथीले आक्रमण गरेपछि आगो लागेको थियो ।

अमेरिका र बेलायतले हुथीको यो आक्रमणको चर्को निन्दा गर्दै उनीहरूले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । अमेरिका र बेलायतले यमनमा हुथीका अखडामा आक्रमण पनि गर्दै आएका छन् तर हुथी पछि हटेकाे छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया