चीनद्वारा ६ वटा युरोपेली देशका यात्रुलाई भिसामुक्त यात्राको व्यवस्था

 फागुन २४, २०८० बिहिबार १८:१८:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनले ६ वटा युरोपेली देशका यात्रुलाई भिसामुक्त यात्राको व्यवस्था गरेको छ । अर्को हप्ता अर्थात् आउँदो मार्च १४ तारिखदेखि स्विट्जरल्यान्ड, आयरल्याण्ड, हंगेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका नागरिकलाई भिसामुक्त यात्राको सुविधा दिन लागिएको चिनियाँ विदेशमन्त्री वाङ यीले बताउनुभएको छ । 

चीनले १५ दिने भिसामुक्त यात्रा नीतिमा विस्तार गरेको हो । यो व्यवस्था प्रारम्भिक चरणमा आउँदो नोभेम्बर ३० तारिखसम्म कायम रहनेछ । यी ६ वटा देशका साधारण राहदानी प्राप्त नागरिकले व्यापार, पर्यटन, आफन्त र साथीभाईलाई भेट्न र ट्रान्जिट जस्ता उद्देश्यका लागि भिसा विना चीनमा प्रवेश गर्न सक्छन् ।

चीनको यो निर्णयबाट सीमापार यात्रा तथा अन्तर्राष्ट्रिय यात्रु उडानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विदेशमन्त्री वाङले आफूहरुको यो प्रयासले चिनियाँ नागरिकलाई विदेश यात्रा गर्न थप सुविधा उपलब्ध हुने तथा विदेशीहरूलाई पनि चीनमा घरमा नै रहेको जस्तो महसुस गराउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया