तनहुँमा आगलागीबाट एक जना बालकको ज्यान गयो

 फागुन २६, २०८० शनिबार ९:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ६ दाउन्नेमा आगलागीमा परेर पाँच वर्षका बालकको ज्यान गएको छ । ऋषिराम थापामगरको घरमा कोही नभएका बेला उहाँको नातिले लाइटर खेलाउँदा आगलागी भएको र जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै तनहुँकै देवघाट गाउँपालिका वडा नम्बर २ मा चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते भएका छन् । स्थानीय ७४ वर्षका रनबहादुर दर्लामीको निधन भइ दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ चितामा पेट्रोल प्रयोग गरेर आगो सल्काउने क्रममा दुई जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै मलामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया