पृथ्वीमा एलियनको उपस्थिति रहेको प्रमाण नभेटिएको अमेरिकाको भनाइ

 फागुन २६, २०८० शनिबार १२:१९:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाले अरु ग्रहका जीव अर्थात एलियनको उपस्थिति रहेको कुनै पनि प्रमाण नरहेको बताएको छ । हिजो अमेरिकी कांग्रेसमा पेस गरिएको प्रतिवेदनमा अमेरिकी आकासमा सन् १९५० र ६० को दशकमा देखिएको अपरिचित दृष्य अमेरिकी जासुसी विमान र अन्तरिक्ष प्रविधिको परीक्षणका कारण देखिएको उल्लेख रहेको बीबीसीले जनाएको छ ।

प्रतिवेदनमा त्यसबेला आकाशमा देखिएका अपरिचित दृष्य अर्थात यूएफओका दृश्यहरू पृथ्वीकै सामान्य वस्तुहरू रहेका उल्लेख छ । तर पेन्टागनका अधिकारीहरूले उनीहरूको अनुसन्धानले एलियन आगन्तुकहरूको बारेमा लोकप्रिय विश्वासलाई रोक्न नसक्ने बताएका छन् ।

यो प्रतिवेदन अमेरिकी सरकारद्वारा यूएफओको जाँच गर्ने व्यापक सार्वजनिक प्रयासको एउटा भाग हो । प्रतिवेदनमा नासाका अधिकारीहरूसँग सार्वजनिक बैठकहरू र कंग्रेसमा गरिएका सुनुवाइहरू समावेश छन् ।

सन् २०२१ मा गरिएको एक सर्वेक्षणका अनुसार ४० प्रतिशतभन्दा धेरै अमेरिकीहरूले एलियन स्पेसक्राफ्टले पृथ्वीको भ्रमण गरेको विश्वास गर्छन् । यसरी विश्वास गर्नेको सङ्ख्या दुई वर्षमा ३३ प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेपछि अमेरिकी कंग्रेसले एउटा समिति गठन गरी प्रतिवेदन बनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया