राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि पर्सि उम्मेदवारी दर्ता हुने

 फागुन २६, २०८० शनिबार १२:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने चुनाव पर्सि सोमवार उम्मेदवारी दर्ता हुने भएको छ।फागुन २९ गते मंगलवार हुने चुनावमा लागि २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिनुभयो ।

उपाध्यक्ष अर्यालको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा अहिले उपाध्यक्षसहित पाँच जना सदस्य छन् । भोलि बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुने संसद् सचिवालयले जनाएको छ ।

फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको छ वर्षे पदावधि सम्पन्न भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएकाले राष्ट्रिय सभाले अध्यक्ष चयनको लागि चुनाव हुन लागेको हो । रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् । बाँकी एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नुहुने छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया