नाइजेरियामा अपहरित विद्यार्थीको खोजी चल्दै गर्दा थप १९ जना अपहरणमा

 फागुन २७, २०८० आइतबार ९:१४:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – नाइजेरियामा गएको बिहीबार अपहरणमा परेका २ सय ५२ जना विद्यार्थीको खोजी चलिरहँदा हिजो थप १९ जना अपहरणमा परेका छन् । सोकोटोको एक विद्यालयबाट १५ जना विद्यार्थी र चार जना महिलालाई बन्धुकधारीले अपहरण गरेका बीबीसीले जनाएको छ ।

स्थानीय सांसद बशीर उस्मान गोराउले हिजो बिहान सबेरै १९ जना अपहरणमा परेका बताउनुभएको खबरमा उल्लेख छ । सेनाले बिहीवार पश्चिमी शहर कुरिगामा अपहरणमा परेका स्कुलका विद्यार्थीहरूको खोजी गरिरहेको छ ।

२ सय ८० जना अपहरणमा परेकोमा कम्तीमा २८ जना विद्यार्थी भाग्न सफल भएका थिए । यो अपहरण सन् २०२१ पछिकै ठूलो हो । मोटरसाइकलमा विद्यालय पुगेका बन्दुकधारीले आठदेखि १५ वर्ष उमेर समूहका प्राथमिक र माध्यमिक विद्यालयका बालबालिकाहरूलाई लगेको विद्यालयका अधिकारीहरू र अभिभावकहरूले बताएका छन् ।

नाइजेरियाली सेना/प्रहरी र स्थानीय खोजी टोलीले अपहरणमा परेका बालबालिकाको खोजी गरिरहेका छन् । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले बालबालिकालाई फिर्ता ल्याउने कुरामा आफू विश्वस्त भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया