बाँकेको खजुरामा २ सय ५० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण

 चैत २, २०८० शुक्रबार १८:२२:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाँके – खजुरा गाउँपालिकामा ३५ वर्षमाथिका दुई सय ५० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २७ जनामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ ।

गाउँपालिकाले सबै वडामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ५० जना महिलाको 'भीआईए' जाँच गर्दा २७ जनामा 'भीआईए पोजेटिभ' अर्थात् क्यान्सर शङ्कास्पद पाइएको स्वास्थ्य शाखाका नर्सिङ अधिकृत लक्ष्मी केसी वलीले जानकारी दिनुभयो । क्यान्सर शङ्कास्पद पाइएका २७ जनालाई शिविरमै एक कोर्स एन्टिबायोटिक प्रदान गरेको र थप जाँचका लागि अस्पताल जान सुझाव दिइएको उहाँले बताउनुभयो ।

निःशुल्क स्त्रीरोग शिविरमा आठ सय ४० जनाले परीक्षण गराएका छन् । उनीहरूमध्ये नौ जना महिलामा पाठेघर खसेको समस्या पाइएको छ । पाठेघर खसेको समस्या भएकालाई शिविरमै रिङ पेसरी राखेर उपचार गरिएको छ ।

यस्तै १० जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने समस्या पहिचान भएपछि उनीहरूलाई शल्यक्रियाका लागि रिफर गरिएको वलीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया