फागुनमा काठमाण्डाै उपत्यकामा ४ हजार २ सय वटा घरजग्गा किनबेच

 चैत २, २०८० शुक्रबार १५:३६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गएको वर्षको फागुनको तुलनामा यो वर्षको फागुनमा घरजग्गा किनबेच २५ दशमलव १९ प्रतिशतलले बढेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार गएको वर्षको फागुनमा ४० हजार सात सय ३४ सङ्ख्यामा घरजग्गा किनबेच भएकोमा यस वर्षको फागुनमा ५० हजार नाै सय ९८ सङ्ख्यामा घरजग्गा किनबेच भएको छ । फागुनमा घरजग्गा किनबेचबाट सरकारलाई तीन अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ ।

यस्तै फागुनमा काठमाण्डाैका १० वटा मालपोत कार्यालयबाट फागुनमा चार हजार दुई सय तीन वटा घरजग्गा किनबेच भएका छन् । दुई वर्षअघि अर्थात् २०७८ सालको फागुनमा काठमाण्डाै उपत्यकाका मालपोत कार्यालयबाट आठ हजार आठ सय ४९ वटा घरजग्गा किनबेच भएको थियो । यसले दुई वर्षअघिको तुलनामा काठमाण्डाै उपत्यकामा घरजग्गा कारोबार आधाले घटेको देखिएको छ ।

व्यवसायीका अनुसार पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले लिलाम बिक्री तथा लिलामी नभएमा बैंकले सकार्दा किनबेचको सङ्ख्या बढी देखिए पनि वास्तविकरूपमा किनबेच भने निकै घटेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया