अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ

 चैत ३, २०८० शनिबार १६:०:२८ | रासस
unn.prixa.net

सुर्खेत — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ वटा पुगेको छ । कर्णाली प्रदेशको १० वटा जिल्लाबाट आएका अघिल्लो वर्षको नौ सय ४४ र चालु आर्थिक वर्षको एक हजार ९५ वटा गरेर कूल उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिनुभयो । 

शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, खानेपानी, कृषि वनलगायत क्षेत्रमा आर्थिक अनियमितता, भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको उहाँले बताउनुभयो । परेका उजुरीमध्ये पाँच सय ४९ फर्छ्योट भएको र एक हजार चार सय ९० वटा फछ्र्योट हुन बाँकी रहेका छन् । 

सूचना अधिकारी गौतमकाअनुसार चालु आर्थिक वर्षमा जिल्लागत हिसाबले सबैभन्दा बढी सुर्खेतबाट दुई सय ३७ र सबैभन्दा कम डोल्पाबाट ५८ वटा उजुरी परेका छन् । आयोगले चालु आर्थिक वर्षको हालसम्म ७९ स्थानीय तहको उजुरीको पनि अभिलेखीकरण गरेको छ । 

स्थानीय तहमा सबैभन्दा बढी मुगुको सोरु गाउँपालिकाबाट ३९ वटा उजुरी परेको आयोगको तथ्याङ्कले देखाउँछ । पालिकामा चालु आर्थिक वर्षमा सात सय ६१ र गत वर्षको सरेको पाँच सय ९८ गरी एक हजार तीन सय ५८ वटा उजुरी परेकोमा अहिलेसम्म तीन सय ७५ फछ्र्योट भइसकेका र नौ सय ८४ वटा फछ्र्योट हुन बाँकी रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया