शेयर बजार सामान्य बढ्याे

 चैत ५, २०८० सोमबार १५:३२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, लगानी, उत्पादन र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, धौलागिरि लघुवित्त, पिपुल्स पावर लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ ।

आज ७४ लाख ५९ हजार कित्ता शेयर दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको २३ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया