अफगानिस्तानसँगको टी–२० क्रिकेट नखेल्ने अस्ट्रेलियाको घोषणा

 चैत ६, २०८० मंगलबार १५:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा महिला र बालिकाको अवस्था बिग्रँदो अवस्थामा रहेको भन्दै अस्ट्रेलियाले ३ वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला स्थगित गर्ने घोषणा गरेको छ ।

अफगानिस्तानमा महिला र बालिकाको अधिकार हनन भइरहेको भन्दै शृङ्खला स्थगित गर्ने निर्णय गरेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । सरकारसँगको छलफलपछि यस्तो निर्णय लिएको क्रिकेट अस्ट्रेलियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । अस्ट्रेलिया र अफगानिस्तानबीचको ३ वटा खेलको टी–२० क्रिकेट शृङ्खला आउँदो अगस्टमा यूएईमा हुने तालिका थियो ।

सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया