हिजो सामान्य बढेको शेयर बजार आज फेरि घट्याे

 चैत ६, २०८० मंगलबार १५:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जीवन बीमा र लघुवित्तबाहेक सबै समूहको शेयर घट्दा उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९४ लाख ७८ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २५ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया