नेपालमा प्राकृतिक प्रकोपबाट ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति

 चैत ७, २०८० बुधबार १६:२०:१० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकृतिक प्रकोपबाट विगत ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाण्डाैमा आज सार्वजनिक भएकाे प्रतिवेदनअनुसार यी प्रकोपहरूले देशको आर्थिक उत्थानशिलता विकास गर्ने क्षमतामा असर पारेको छ ।

विपद् उद्धार तथा प्रतिकार्यका लागि नेपाल सरकारले गएको आठ वर्षमा (सन् २०१२ देखि २०२० सम्ममा) ५० अर्ब रुपैयाँ खर्च गरिसकेको छ । खर्चको यो तथ्याङ्कले दीर्घकालीनरूपमा आर्थिक दृष्टिकोणले दिगो नहुने र जोखिम हस्तान्तरण समाधान संयन्त्रको माग रहेको तथ्याङ्कले देखाएको छ ।

यसलाई मध्यनजर गर्दै संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम नेपाल (यूएनडीपी) ले बीमा र वित्तीय जोखिम न्यूनीकरणसम्बन्धी पहल शुरु गरेको छ । नेपालसम्बन्धी (कन्ट्री डाइग्नोस्टिक) प्रतिवेदन अर्थ मन्त्रालयका राजस्व सचिव डाक्टर रामप्रसाद घिमिरेले सार्वजनिक गर्नुभएको हो । प्रतिवेदनले जलवायु परिवर्तनबाट सवैभन्दा बढी प्रभावित १० देशमध्ये नेपाल एक रहेको र नेपाल बाढी, पहिरो, भूकम्प र खडेरीको उच्च जोखिममा रहेको उल्लेख गरेको छ ।

कर्जा–जीवन लघु बीमा र कृषि बीमाले न्यून आय भएका र सङ्कटासन्न नेपाली घरपरिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने भए पनि बीमाका बारेमा सचेतनाको कमी र तथ्याङ्कको अभावका कारण बीमा कम्पनीहरूले आवश्यकताअनुसारका उत्पादनहरू ल्याउन नसक्दा बीमा बजार अझै पनि समग्ररूपमा समावेशी हुन नसकेको प्रतिवेदनले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया