धोनीले छाडे चेन्नईको कप्तानी, रुतुराजले टाेलीकाे नेतृत्व गर्ने

 चैत ८, २०८० बिहिबार १८:११:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम चेन्नई सुपर किङ्ग्सको कप्तानी रुतुराज गायकवाडले सम्हाल्ने भएका छन् । आईपीएलको पहिलो संस्करण सन् २००८ देखि नै कप्तान रहेका महेन्द्रसिंह धोनीले आफ्नो कप्तानी आज गायकवाडलाई दिएका क्रिक इन्फोले जनाएको छ ।

सन् २०२२ मा रविन्द्र जडेजा कप्तान भए पनि टोलीको प्रदर्शन राम्रो नभएपछि पुनः धोनी नै कप्तान बनेका थिए । धाेनी आईपीएलका सफल कप्तानमा पर्छन् । उनकाे नेतृत्वमा चेन्नईले ५ पटक उपाधि जितेकाे छ ।

आईपीएलको १७औँ संस्करण भाेलिदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र रोयल च्यालेन्जर्स बेङ्गलाेर खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया