९५ प्रतिशत नेपाली आधारभूत खानेपानीको पहुँचमा

 चैत ९, २०८० शुक्रबार ९:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व पानी दिवस मनाइँदैछ । ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रम गरिँदैछ ।

प्राणी जगतका लागि हावापछिको दोस्रो महत्त्वपूर्ण तत्त्व पानीलाई मानिन्छ । पानीको महत्त्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाइने गरिन्छ । सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । दिवसको अवसरमा पानीको संरक्षणसँगै सरसफाइ र गुणस्तरबारे छलफल र अन्तरक्रिया हुने गरेका छन् ।

नेपालमा २५ प्रतिशत जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँचमा रहेको तथ्याङ्क छ । यस्तै आधारभूत खानेपानीमा ९५ प्रतिशत पहुँच पुगेको छ । कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याइ पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिन्छ भने आधारभूत खानेपानीलाई प्रशोधन गरी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी भनिन्छ ।

राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवम् प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया