दाङमा बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका तीन जनाको ज्यान गयो

 चैत ११, २०८० आइतबार ६:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङमा बिद्युतको तार चुँडिएर भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ । राप्ती गाउँपालिका–३ मा हिजो दिउँसो बिद्युतको तार चुँडिएर घरको आँगनमा पुग्दा एकै घरका तीन जनाको ज्यान गएको हो । चुँडिएको तारले शुरुमा चार बर्षका बालकलाई छोएको र उनलाई बचाउन जाँदा बालकका हजुरबुबा र हजुरआमाको पनि ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा ६० वर्षका गोरखबहादुर केसी, उहाँकी श्रीमती ५५ वर्षकी दिलसरा र नाती चार वर्षका कृष्ण रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  करेन्ट लागेर घाइते भएकामध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा ज्यान गएको हो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया