रुसमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ पुग्यो

 चैत ११, २०८० आइतबार ९:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको बन्द्क आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ । यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटना हुँदा झण्डै ६ हजार मानिस सांगीतिक कार्यक्रममा सहभागी थिए ।

सांगीतिक कार्यक्रम शुरु हुनै लाग्दा बन्दुकधारीले अत्याधुनिक हतियारबाट जथाभावी गोली चलाएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्ययमले जनाएका छन् । आक्रमणमा प्रत्यक्ष संलग्न चार जना सबै र अरु सात जना गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको रुसको अनुसन्धान समिति (आईसीआर) ले जनाएको छ । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

अफगानिस्तान र इरानमा सक्रिय यही समूहले काबुलमा रहेको रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो । घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटना बर्बरतापूर्ण आतंकबादी कार्य रहेको बताउनुभएको छ । उहाँले   आक्रमणमा मारिएकाको स्मृतिमा आज राष्ट्रिय शोक दिवस घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ सहित विश्वभरका देशहरुले घटनाको निन्दा गरेका छन् ।   

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया