गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख भारु जरिवाना

 चैत १४, २०८० बुधबार १५:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएरातिको खेलमा ढिलो खेलेपछि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख भारु जरिवाना भएको छ । चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समयभन्दा एक ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् ।

गएरातिको खेलमा गुजरात चेन्नईसँग ६३ रनले पराजित भएको थियो । गुजरातले पहिलो खेलमा भने मुम्बई इन्डियन्सलाई छ रनले हराएको थियो । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् ।

यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया