शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने काम अब पूर्णरूपमा बन्द हुन्छ : अर्थसचिव

 चैत १८, २०८० आइतबार १८:१५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले आउँदो आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटीको अन्त्य हुने बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेकाे सङ्घीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अर्थसचिव पुष्करले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने काम यस वर्षदेखि पूर्णरूपमा बन्द हुने प्रतिबद्धता जनाउनुभयो । आउँदो आर्थिक वर्षका लागि जुनसुकै योजना, परियोजनामा बजेट छुट्याउँदा सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने प्राविधिक कुराहरू पूरा गरेको हुनुपर्ने र प्रोजेक्ट बैंक तथा योजना आयोगमा रहेको 'एमटीईएफ सिस्टम' मार्फत भएर आएका योजनाहरू मात्रै समावेश गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘पहिले सम्बन्धित मन्त्रालयबाट प्राेजेक्ट नआइकन, प्रक्रिया पूरा नभइकन पनि अर्थ मन्त्रालयबाट बजेट जाने गर्दथ्याे । त्यो खालको परिपाटी यसपालि पूरै बन्द भएको छ । रूपान्तरणकारी योजना, राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएर अर्थ मन्त्रालयले काम गरिरहेको छ ।’

अर्थसचिव डा. कृष्णहरि पुष्करले यस वर्ष बजेट निर्माण प्रक्रिया विगतको तुलनामा पूरै परिवर्तन भएको दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया